कोरोना बढ्दै गएपछि बेइजिङमा दर्जनौं मेट्रो स्टेसन र बस मार्ग बन्द



एजेन्सी । बेइजिङ–कोभिड फैलिने क्रम नरोकिएपछि बेइजिङमा दर्जनौँ मेट्रो स्टेसन र बस मार्गहरू बन्द गरिएका छन् । सांघाईका लाखौं बासिन्दाहरू अझै एक महिनाभन्दा बढी समय बितिसक्दा पनि कडा लकडाउनमा छन् ।

चीनको राजधानी बेइजिङले ४० भन्दा बढी सबवे स्टेसनहरू र १५८ बस मार्गहरू बन्द गरेको सेवा प्रदायकहरूले बताएका छन् । बन्द गरिएका अधिकांश स्टेसनहरू र मार्गहरू बेइजिङको प्रकोपको केन्द्रबिन्दु चाओयाङ जिल्लाका रहेको एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्