युद्धविराम गर्ने योजना नरहेको रुसको दाबी



एजेन्सी । रुसले आगामी हप्ता मे ९ सम्मपनि युद्धविराम गर्ने योजना नरहेको जनाएको छ । लामो समयदेखि युक्रेनमा आक्रमण गरिरहेको रुसलाई युद्धविराम गर्न चर्को दवाव परेपनि तत्कालै त्यसको सम्भावना नरहेको जनाएको छ । मस्कोले हालसम्म युक्रेनसँग युद्धमा नरहेकाले आगामी दिनमा विशेष सैन्य अपरेसन जारी गर्ने जवाफ दिएको छ ।

यसअघि पश्चिमी मुलुकका अधिकारीहरूले भने यही मे ९ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धबिरामको संकेत गरेको बताएका थिए । तर मस्कोले भने सो दिन पुटिनले विशेष सैन्य कारवाहीको घोषणा गर्नसक्ने जनाएको थियो ।

रुसी राष्ट्रपतिको कार्यालयले पनि युक्रेनमा जारी आक्रमण तत्कालै रोक्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ । यता, रुसी अधिकारीहरूले भने युक्रेनमाथिको आक्रमणले देशलाई असैनिकीकरण र नाजीहरूको अन्त्य गर्न विशेष सैन्य अपरेसन सञ्चालन गरेको दावी गरेका छन् ।

युक्रेनी अधिकारीहरूले सहरका मुख्य सडकमा भग्नावशेष, शव र बिस्फोट नभएका बम तथा सैन्य सामग्रीहरू खाली गर्दै आएको बताएका छन् । रुसी सेनाले लामो समयदेखि आक्रमणलाई गरिरहँदा युक्रेनका सहरका विभिन्न संरचनाहरु भग्नावशेषमा परिणत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्