आईपीएल : दिल्लीले हैदरावादलाई हरायो



काठमाडौं । सनराईजर्स हैदरावादलाई २१ रनले हराउदै इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा दिल्ली क्यापिटल्सले  पाँचौ जित निकालेको छ। बिहीबार राति दिल्लीले दिएको २०८ रनको लक्ष्य पछ्याएको  हैदरावादले २० ओभरमा ८ विकेट गुमाएर मात्र १६८ रन बनाउन सक्यो।

हैदरावादका निकोलस पुरनले सर्वाधिक ६२ रन बनाए । यस्तै एडिन मार्रक्रमले ४२ रनको योगदान गरे । दिल्लीका खलिल अहमेदले ३ तथा शार्दुल ठाकुरले २ विकेट लिए । यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर २०७ रनको बलियो योगफल तयार पारेकाे थियाे

 दिल्लीका डेभिड वार्नरले सर्वाधिक ९२ रन बनाए । यस्तै  रोभम्यान पावेलले ६७ रनको योगदान गरे ।  जितसँगै १० खेलबाट १० अङ्क जोडेको दिल्ली पाचौ स्थानमा छ । हैदरावाद १० खेलमा १० अङ्क जोडेर छैटौ स्थानमा  छ ।

 

प्रतिक्रिया दिनुहोस्