पहिलो एकदिवसीयमा नेपाल र जिम्बावे ‘ए’ भिड्दै



काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ बीचको पहिलो एक दिवसीय खेल आज  हुँदैछ । कीर्तिपुर स्थित टियु मैदानमा हुने खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ । जिम्बावेविरुद्ध मैदान उत्रँदा नेपाल सुखद सुरुआतको लक्ष्यमा हुनेछ ।

गत साता शनिबार नै नेपाल र जिम्बावे बीचको तीन एक दिवसीय खेलको शृङ्खलाको तालिका रहेको थियो । तर लगातारको वर्षाका कारण पहिलो एक दिवसीय खेल सम्भव भएन।त्यसलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले एक दिवसीय शृंखलाको तालिका परिवर्तन गर्दै पहिला तीन टी-२० शृंखला आयोजना गरेको थियो।तीन टी-२० शृङ्खलाअन्तर्गत पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भयो ।

दोस्रो खेल वर्षाका कारण सम्भव भएन । बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा आठ विकेटको जितसहित नेपालले शृङ्खलामा १-१ को बराबरी गरेको थियो । नयाँ तालिका अनुसार आजबाट तीन एक दिवसीय शृङ्खलाअन्तर्गतको पहिलो खेल आयोजना हुन लागेको हो । 

प्रतिक्रिया दिनुहोस्