जिम्बाबे ‘ए’ लाई नेपालले दियो १३७ रनको लक्ष्य



काठमाडौं । नेपालले जिम्बोवे ‘ए’विरुद्धको एकदिवशीय शृंखलाको पहिलो खेलमा १ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१.३ ओभरमा १३६ रनमा अलआउट भयो।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। करण केसीले २५ रन जोडे। सोमपाल र करणले आठौँ विकेटका लागि ३७ रनको साझेदारी गरे।

ओपनर कुशल भुर्तेलले १९ र दीपेन्द्र सिंह ऐरीले १८ रन बनाए। जिम्बाबेका लागि ब्राड इभान्सले सर्वाधिक ४ विकेट झारे। ब्रान्डन माभुता, केफास झुवाओ र भिक्टर न्याउचीले समान २ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्