खार्कीभमा अमेरिकी र युरोपेली उपकरण नष्ट गरेको रुसको दाबी



एजेन्सी । रुसले युक्रेनको खार्कीभ क्षेत्रमा अमेरिकी र युरोपेली उपकरण नष्ट गरेको दाबी गरेको छ । रुसको रक्षा मन्त्रालयले युक्रेनको खार्कीभ क्षेत्रको बोहोदुखिभ रेलवे स्टेशन नजिकै अमेरिका र युरोपेली देशहरूबाट ल्याएको सैन्य उपकरणको ठूलो भण्डार नष्ट गरेको दाबी गरेको हो ।

मन्त्रालयले ओडेसाको बन्दरगाह सहर नजिकै डाच्नेमा रहेको तीनवटा गोलाबारुद डिपोसहित रातारात १८ वटा युक्रेनी सैन्य केन्द्रमा आक्रमण गरेको बताएको छ । यता, बेलायती रक्षा मन्त्रालयले भने रुसको सबैभन्दा सक्षम एकाइहरू र सबैभन्दा उन्नत क्षमताहरूमा ठूलो प्रभाव परेको दाबी गरेको छ ।

बेलायती रक्षा मन्त्रालयल रूसको सबैभन्दा उन्नत ट्याङ्क लडाईंमा नष्ट भएको भन्दै लगभग एक सय टि नाइन्टी एफ ट्याङ्कहरू नष्ट भएको जनाएको हो । यसैबीच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मारिउपोलमा रहेको विशाल एजोभस्टल स्टिल प्लान्टको रक्षा गरिरहेका युक्रेनी सैनिकहरूलाई बचाउन कूटनीतिक प्रयास भइरहेको बताएका छन्।

रुसी सेनाको आक्रमणको जोखिममा रहेको दक्षिणपूर्वी सहरको विशाल स्टिल उद्योग अजोभस्टलबाट थप ५० जनालाई उद्दार गरिएको छ । अझै पनि केही युक्रेनी नागरिक र सैनिकहरू रहेको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्