भरतपुर पुगेर बादलले भने : म तपाईहरुलाई धम्क्याउन आएको होइन



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नेता तथा कार्यकर्तालाई धम्क्याउन आफू भरतपुर नआएको बताएका छन् । भरतपुरमा आयोजित सभालाई आइतबार सम्बोधन गर्दै उनले स्थानीय तहको महत्वबारे धारणा राख्न भरतपुर आएको बताए ।

‘म तपाईहरुलाई धम्क्याउको निम्ती यहाँ उपस्थित भएको छैन । म फकाउन र लोभ्याउनको लागि पनि उपस्थित भएको हैन । म सहयात्रीलाई घुक्र्याउन पनि उपस्थित भएको छैन,’ बादलले भने, ‘स्थानीय तह निर्वाचनको के महत्व छ भन्ने बारे धारणा राख्न चाहन्छु ।’ अहिले देश ऐतिहासीक मोडमा आएको उनले जनाए । यो मोड नयाँ चुनौत र अवसर लिएर आएको उनले बताए ।

‘आज हामीले स्थानीय तहको निर्वाचनबाट यी चुनौतीलाई कसरी समाना गर्ने भन्ने प्रश्न उठेको छ । नेपाली जनताले यी प्रश्नको जवाफ दिनुपर्ने भएको छ । नेपालका नेता कार्यकर्ताहरुले यी प्रश्नहरुको उचित जवाफ दिनुपर्ने भएको छ,’ उनले भने ।

अहिले देशमा दुई धारबीच संघर्ष चलेको उनले जनाए । एउटा धार ठूला पूँजीपतीहरुको जसको प्रतिनिधित्व पाँच दलिय गठबन्धनले गरेको उनले जनाए । अर्को धार देशभक्तहरुको रहेको, जसको नेतृत्व एमालेले गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्