पोखरीको शिलान्यास गरेको आरोपमा प्रहरी प्रमुख निलम्बित



काठमाडौं : ललितपुर महानगरका प्रहरी प्रमुख कदमलाल महर्जन निलम्बनमा परेका छन् । महानगरको योजना कार्यान्वयनमा आघात पुर्‍याएकाले निलम्बन गरिएको मेयर चिरिबाबु महर्जनले बताए । ‘नगर प्रहरी सेवा सञ्चालनसम्बन्धी कार्यविधि २०६७ को नियम ५५ र ५६ अनुसारको कसुर गरेकाले निलम्बन गरिएको पत्र कदम लालले बुझेका छन् ।

२ साउन ०७६ को महानगरको निर्णयअनुसार सोमबार महर्जनलाई पत्र थमाइएको हो । महर्जनले पर्यटकका लागि तयार पारिएको पार्किङ रोक्ने उद्देश्यले विधि प्रक्रिया मिचेर पोखरीको शिलान्यास गरेको महानगरको आरोप छ । 

महानगरका अनुसार पर्यटकहरूको पार्किङ व्यवस्थापनका लागि विधिसम्मत टेन्डर आह्वान गरिएको थियो । विगत केही वर्षदेखि उनले वार्षिक ४० हजार तिरेर पार्किङ सञ्चालन गरेका थिए । गत असारबाट उनको सम्झौता सकिएको थियो ।

महानगरले नयाँ टेन्डर आह्वान गरेर वार्षिक एक लाख ६१ हजारमा अर्को व्यक्तिलाई टेन्डर दियो । असारसम्म उनलाई कुनै समस्या भएन, साउन लागेपछि विधि प्रक्रिया मिचेर केही स्थानीयको साथमा महानगरको निर्णयविरुद्ध उनी गए । त्यसैले, निलम्बन गरिएको हो । पर्यटन क्षेत्रबाट वार्षिक १७ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेको मेयर महर्जनले बताए । पर्यटन वर्ष सकिएपछि पोखरी संरक्षणमा लाग्ने उनले दाबी गरे । 

कानुनी परामर्शमा जान्छु : कदमलाल

निलम्बित प्रहरी प्रमुख महर्जनले कानुनी परामर्शमा जाने बताएका छन् । ‘म एक ठाउँमा महानगरको कर्मचारी हुँ । तर, म सामाजिक प्राणी पनि हुँ । त्यसैले, सामाजिक उत्तरदायित्व निभाउन नःटोलमा स्थानीय ४० टोलको आवाजमा सम्पदा संरक्षण गर्न साथ दिएको हुँ ।  महानगरको विरोध गर्ने नियत होइन । त्यहाँ पहिलेदेखि नै ऐतिहासिक पोखरी थियो । महानगरको सम्पदा संरक्षण गर्ने नीति छ । तर, व्यवहारमा महानगरले त्यस्तो गरेको देखिएन ।  नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्