ट्रोलर्सलाई साम्राज्ञीको जवाफ : कुकुर भुक्दै जान्छ, हात्ती लम्कदै गर्छ



काठमाडौं : अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह इन्डोनेशियाको बालीमा भ्याकेसन मनाउन पुगेकी थिइन् । भ्याकेसनका क्रममा बाहिरीएका साम्राज्ञीका तस्विरले उनको चारै तिर आलोचना भइरहेको छ ।  

इन्डोनेशियाको बालीको एक समुन्द्री किनारमा उनले प्रेमी देवाङ्क राणासँग खिचाएको निकै नै अन्तरङ्ग तस्बिरका कारण उनको आलोचना भइरहेको हो । 

Image result for साम्राज्ञी राज्यलक्ष्मी शाह इन्डोनेशियाको बालीमा

यो तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनलाई आलोचना गर्ने देखि ट्रोल बनाउने सम्मका क्रियाकलाप भएका छन् ।

केही दिनदेखि लगातार भइरहेको आफ्नो आलोचनाको बिषयमा अभिनेत्री साम्राज्ञीले मुख खोलेकी छन् । उनले सामाजिक सञ्जाल स्टाग्रामको स्टोरीमार्फत ‘हात्ती चले बजार, कुत्ते घुके हजार’ पोस्ट गर्दै यसको जवाफ दिएकी छन् ।

उनले घुमाउरो पारामा आफुलाई आलोचना गर्ने माथि ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ’ भन्न खोजेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्