इरानमा विषाक्त मदिरा पिउँदा १० जनाको मृत्यु, ६ को अवस्था गम्भीर



एजेन्सी । इरानमा विषाक्त घरेलु मदिरा पिउँदा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

मदिरा सेवनका कारण धेरै जना गम्भीर बिरामी समेत भएका छन। बन्दर अब्बासको तटीय शहरमा विषाक्त मदिरा सेवनका कारण एक महिलासहित १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन । अस्पताल भर्ना गरिएका १९ जनामध्ये छ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

हालसम्म ७५ जना उपचार पछि घर फर्किएको समाचारमा उल्लेख गरिएको छ । विषाक्त मदिरा सेवनगरि बिरामी हुनेको संख्या बढ्न थालेपछि प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुले विषाक्त घरेलु मदिरा उत्पादनगरि बिक्री गरेको प्रहरीको दावी छ । इरानमा मदिरा उत्पादन, बिक्री र उपभोगलाई निषेध गरिएको छ ।

धार्मिक अल्पसंख्यकहरुका लागि केही अपवाद बाहेक मदिरा उत्पादन तथा बिक्री गर्नेलाई नियन्त्रणमा लिई कोर्रा हान्ने प्रचलन रहेको छ । विगतमा पनि विषाक्त घरेलु मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या बढेको थियो । सन् २०२० मा कोरोना महामारीका क्रममा विषाक्त मदिरा सेवनका कारण धेरै मानिसको मृत्यु भएको थियो । त्यसयता प्रशासनले घरेलु मदिरा उत्पादन र बिक्री वितरणमा थप कडाई गरेको थियो ।

कोरोना संक्रमण रोक्ने भन्दै सो मदिरा सेवन गर्दा दर्जनौं इरानी नागरिकको आँखाको ज्योति समेत गुमेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन । गुका प्रहरी नायव उपरिक्षक सुवास हमालले बताए ।

प्रतिक्रिया दिनुहोस्