रुसी आक्रमणमा परि २२६ युक्रेनी बालबालिकाको मृत्य



एजेन्सी । रुसी आक्रमणमा परि २२६ युक्रेनी बालबालिकाको मृत्यु भएको सरोकारवालाहरूले दाबी गरेका छन् । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेदेखि हालसम्म २२६ युक्रेनी बालबालिका मारिएको सोमबार त्यहाँका सरोकारवालाहरूले दाबी गरेका हुन् ।

युक्रेनको जनरल प्रोजिक्युटर्स कार्यालयले सामाजिक सञ्जाल टेलिग्राममार्फत सो दाबी गरेको हो । कार्यालयका अनुसार हालसम्म कम्तीमा २२६ बालबालिकाको मृत्यु भएको छ भने ४१५ भन्दा बढी बालबालिका घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी बालबालिकामा डोनेस्क (१३९), कियभ (११६) र खार्किभ (९९) क्षेत्रका रहेका छन् ।

यद्यपि, कार्यालयले जारी गरेको सो तथ्यांकबारे पुष्टि भने भई नसकेको अलजजिराले जनाएको छ । युक्रेनमाथिको रुसको आक्रमण अझै टुंगिएको छैन ।

प्रतिक्रिया दिनुहोस्