‘कबड्डी कबड्डी कबड्डी’को ‘दुबो फुल्यो’ रिलिज (भिडियोसहित)



काठमाडौं : चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को ‘दुबो फुल्यो’ बोलको पहिलो गीत सार्वजनिक भएको छ ।  

चलचित्रको यो गीतमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, विजय बराल, माओत्से गुरुङ लगायतलाई फिचरिङ गरिएको छ । चलचित्रमा रीश्मा गुरुङ, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

Image result for 'कबड्डी कबड्डी कबड्डी'को 'दुबो फुल्यो'

‘दुबो फुल्यो’ बोलको गीतमा हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर, एसडी योगीकोि संगीत, हर्क साउदको शब्द छ । लोक लयको यो गीतको भिडियोलाई रेनशा वान्तवा राइले निर्देशन गरेकी हुन् ।

रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र भदौको १३ गते रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्