मेयरका उम्मेदवार तिम्सिना लक्षित समाचारप्रति एमाले तनहुँको खण्डन



तनहुँ । नेकपा एमालेबाट तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयरका उम्मेदवार मुक्तिनाथ तिम्सिनालाई लक्षित गर्दै आचारसंहिता विपरित प्रकाशित समाचारको एमालेले खण्डन गरेको छ ।

सोमबार जिल्ला सचिव राजेश्वर ढकालद्धारा जारी विज्ञप्तीमा बैशाख २४ गते जनचाहाना अनलाईनमा जग्गा दान गर्ने र सार्वजनिक जग्गा हड्प्नेबीच प्रतिष्पर्धा शिर्षकमा कपोकल्पित र भ्रामक समाचार लेखेर उम्मेदवारलाई बदनाम गराउन खोजिएको भन्दै एमालेले आपत्ति जनाएको हो ।

विज्ञप्तीमा शुक्लागण्डकी नगरपालिकामा रहेका करिब ७ हजार अव्यवस्थित बसोबासी, भूमिहिन दलित र सुकुम्बासीलाई लक्षित गर्दै केहि ठालु नवधनाढ्यबाट बारम्बार प्रभावित बनाई जग्गाधनी पुर्जा प्राप्त गर्ने अधिकार कुण्ठित गरी बसोबास गरेका जनतामाथि राज्यतवरबाट कुठाराघात भएको उल्लेख छ । यस्ता गतिविधिले आम नागरिक प्राप्त गर्न सक्ने जग्गा धनी पुर्जाबाट बञ्चित हुने पनि विज्ञप्तीमा भनिएको छ ।

आम नागरिकलाई यस्ता तत्वबाट सचेत रहन अपिल गर्नुका साथै मेयरका उम्मेदवार तिम्सिनाले मालपोत ऐन २०३४ र भूमि सम्बन्धी ऐन २०२१ को बर्खिलाप हुने गरी कहि कतै नराम्रो काम कसुर नगरेको पनि एमालेले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्