जिम्बाब्बे ‘ए’ विरुद्ध कुशल भुर्तेलको अर्धशतक



काठमाडौं । जिम्बाब्बे ‘ए’ विरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाली टोलीका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाब्बले दिएको २१४ रनको लक्ष्य पछ्यारहको नेपाली टोलीबाट कुशलले ४२ बलमा ६ पाँच चौका र एक छक्कासहित ५० रन पूरा गरे। त्यसअघि नेपाली टोलीका अर्का ओपनर ब्याटर आसिफ शेख ३७ बलमा २९ रन बनाएर आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस्