चर्चित अभिनेत्री परिणीति चोपडाको हट फोटोशुट ! (फोटो फिचर)



काठमाडाैं : अभिनेत्री परिणीति चोपडा हट र बोल्ड चरित्रका कारण चर्चामा रहि रहन्छिन्। यतिबेला फेरि परिणीति नयाँ फोटोशुटका कारण चर्चामा छिन्। परिणीतिले यस्तो फोटोशुट गराएकी छन्, जुन अहिले सामाजिक संजालमा भाइरल भएका छन्। परिणीतिले म्यागजीन फिल्मफेयरकालागि हट एण्ड सेक्सी फोटोशुट गराएकी हुन्। यी फोटोमा परिणीति बिकिनी र स्विमवेयरमा देखिएकी छन्।

साथै उनी आफ्नो नयाँ फिल्मलाई लिएर पनि निकै चर्चामा छन् । उनको यस फिल्म हलिउड थ्रिलर फिल्मको आधिकारिक रिमेक हो। ‘द गर्ल अन द ट्रेन’ फिल्मको मुख्य भूमिकामा एमिली ब्लंट देखिएकी थिइन्। उक्त फिल्मले दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको थियो, जसको कारण आधिकारिक रिमेक फिल्मले पनि त्यस्तै राम्रो प्रतिक्रिया पाउने अभिनेत्री परिणीतिको आशा छ।

अभिनेत्री परिणीतिलाई सोसल मिडियामा फ्यानहरुले सवाल जवाफको सेसन राखेको थियो। जहाँ परिणीतिलाई आफ्नो सेलिब्रेटी क्रशको नाम सोधिएको थियो। प्रश्नको जवाफ फर्काउँदै परिणीतिले आफ्नो सेलिब्रेटी क्रश अभिनेता सैफ अली खान भएको बताएकी छन्।

त्यसोत, परिणीति चोपडा र सैफ अली खानलै अहिलेसम्म कुनै पनि फिल्म गरेका छैनन्। अहिले उनी आफ्नो हलिउड फिल्म, सायना नेहवालको बायोपिक र जबरिया जोडी फिल्मका कारण चर्चामा छन्। भर्खरै परिणीति र सिद्धार्थ मल्होत्रा अभिनित फिल्म ‘जबरिया जोडी’को ट्रेलर रिलिज भएको छ।

प्रतिक्रिया दिनुहोस्