सागकी स्वर्ण विजेता सन्जु मृत फेला



काठमाडौं। १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलकुद प्रतियोगिताकी स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी ललितपुरमा मृत अवस्थामा भेटिएकी छिन् ।

एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् । उनी आज बिहान मृत अवस्थामा पाइएको ललितपुरका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहले जानकारी दिए।

शाहकाअनुसार सञ्जु सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको र झ्यालमा ग्रिल लगाइएको अवस्थामा भेटिएकी हुन्। प्रारम्भिक अनुसन्धानमा सन्जुले आत्महत्या गरेको हुन सक्ने आधार देखिएको प्रहरीले जनाएको छ।

नेपालगन्जकी उनी १९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणका क्रममा काठमाडौंमा थिइन्। नेपालमा भएको सागमा सन्जुले महिला ५९ केजी तौल समूहतर्फ श्रीलंकन खेलाडीलाई हराउँदै स्वर्ण पदक जित्न सफल भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्