चलचित्रमा भूमिका पाउन यौन शोषणको शिकार भए यी बलिउड अभिनेत्री



काठमाडाैं : बलिउड जति आकर्षणको केन्द्र बनेको छ, त्यो भित्र त्यति नै पीडाहरु पनि गुम्सिएका छन्। बलिउडका बिषयमा कयौँपटक यस्ता कुराहरु बाहिर आएका छन् जसलाई विश्वास गर्न जो कोहीलाई पनि कठिन हुने गर्दछ।

आज चलचित्र क्षेत्रको त्यस्तो घृणित सत्यतालाई बाहिर ल्याउने कोसिस गरिएको छ जसलाई चलचित्र क्षेत्रले ‘कास्टिङ काउच भन्ने गरेको छ। कयौँ अभिनेत्रीहरु यसको शिकार भएका छन्। तर, थोरैले मात्र यसबारे खुलेर कुरा राख्ने आँट गरेका छन्।

कंगना रानावत : यो लिष्टमा सबैभन्दा अगाडि कंगना पर्ने गरेकी छन्। अभिनयबाट कंगनाले ३ राष्ट्रिय पुरस्कार जितिसकेकी छन्। तर, शुरुवाती दिनहरुमा संघर्ष गरिरहँदा उनी कास्टिङ काउचको शिकार बनेकी थिइन्।

ममता कुलकर्णी : दशककी चर्चित अभिनेत्री ममता पनि यसको शिकार भएकी छन्। चलचित्र क्षेत्रका एक ठुलो निर्देशकले आफ्नो शोषण गरेको खुलासा उनले गरेकी थिइन्।

कल्की कोचलिन : कल्की बलिउड चलचित्र उद्योगबाट अहिले टाढा भएकी छन्। थोरै समय बलिउडमा बिताएकी कल्कीले धेरै नाम कमउन सफल भइन्। उनले पनि चलचित्र क्षेत्रमा आफ्नो शौन शोषण भएको सार्वजनिक गरेकी थिइन्।

टिस्का चोपडा : बलिउडका कयौ हस्तीसँग काम गरेकी छन् टिस्काले। उनले आफ्नो यौन शोषण भएको कुरा खुलासा गरेकी थिइन्।

पायल रोहतनी : पायल बलिउडमा खासै करियर बनाउन सफल भइनन्। उनले चलचित्रकर्मी दिबाकर बनर्जीमाथि आफूलाई यौनशोषणको आरोप लगाएकी थिइन्। यो बिषय मिडियामा पनि चर्चा पाएको थियो।

प्रतिक्रिया दिनुहोस्