युक्रेनमा एक भत्किएको भवनभित्र ४४ जनाको शव फेला



एजेन्सी । युक्रेनको इजियुम सहरमा एक भत्किएको संरचनाको भुइँतलामा ४४ जना युक्रेनीको शव फेला परेको छ । मार्चमा पाँचतलाको भवन रुसी गोलाबारीपछि भत्किएको थियो ।

भवनको ‘बेसमेन्ट’ मा त्यही भत्किएको भवनमा बस्ने नागरिक बास बसेका थिए । अहिले उद्दारकर्ता उक्त भत्किएको संरचना नजिक पुगेको बिबिसीले जनाएको छ ।

मृत्यु हुने सर्वसाधारण नागरिकको संख्या अझै बढ्न सक्ने बताइएको छ । भत्किएको भवनकै नजिक अर्को विस्फोटन भइरहेको छ । इजियुम सहरका मेयरले बिबिसीलाई बताएअनुसार त्यहाँ अरू मानिसहरु पनि फसेका छन्।

तलाशीको काम जारी छ । इजियुम सहरको आधा हिस्सा अप्रिल १ देखि रुसी सैनिकको नियन्त्रणमा रहेको छ। यो भवन नियन्त्रित क्षेत्रमा नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्