नेपाल–भारत सीमामा संयुक्त सुरक्षा गस्ती



पर्सा । पर्साको वीरगञ्जस्थित नेपाल–भारत सीमा स्थानीय तह निर्वाचन केन्द्रित गरेर गएराति १२ बजेबाट बन्द गरिएको छ । सीमानाका निर्वाचन अविधभर बन्द हुनेछ ।

नाकाबाट हुने आवत–जावत रोक्नका लागि नेपालका मात्र नभएर भारतीय सुरक्षाकर्मीले पनि संयुक्त ‘बोर्डर पेट्रोलिङ’ गरेका छन् । काउण्टरपार्टसँग बैठकले संयुक्त पेट्रोलिङ गर्ने निर्णय गरिएको पर्साका एसपी रमेश बस्नेतले जनाए ।

उनका अनुसार वीरगञ्जस्थित मुख्य नाका र सहायक नाकाहरुमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलले संयुक्त गस्ती गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्