अर्को वर्ष बिहे गर्दै आलिया र रणबिर ?



बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणबिर कपूर एकवर्षदेखि प्रेममा रहेका छन् । उनीहरुको विवाहको खबर पटक पटक चर्चामा आइरहन्छ । यस्तै उनीहरुको विवाहको खबर एक पटक फेरि चर्चामा रहेको छ ।

Related image

यतिबेला दुवै फिल्म ‘ब्रम्हास्त्र’ को छायाकंनमा व्यस्त छन् । अहिले सार्वजनिक भएका भारतिय संचार माध्यमका खबरहरुका अनुसार रणबिर र आलियाले सन् २०२० को अन्त्य सम्ममा विवाह गर्ने बताइएको छ ।

Related image

अभिनेत्री आलिया भट्ट भारतका चर्चित फेशन डिजाइनर सब्यासाचीलाई भेट्न गएकी थिइन । आलियाले सब्यासाचीसँग आफ्नो विवाहको लेहंगाको विषयमा कुरा गरेकी छिन् । यसैकारण आलिया र रणबिर कपूरले छिट्टै नै विवाह गर्न सक्ने बताइएको छ ।

Image result for alia bhatt and ranbir kapoor

खबरहरुका अनुसार आलिया र रणबिरका परिवार पनि दुवैको सम्बन्धमा निकै नै खुशी छन् । 

प्रतिक्रिया दिनुहोस्