बद्री पंगेनी र सिर्जु अधिकारीको काेसेली ‘तीजको दर’ (भिडियोसहित)



काठमाडौँ : हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा विभिन्न तीज गीतहरु सार्वजनिक भइरहेका छन् । यसै अवसर पारेर गायिका सिर्जु अधिकारी र गायक बद्री पंगेनीले 'तीजको दर' बोलको गीत सार्बजनिक गरेका छन् ।

गीतमा तिजमा नारीहरुले मनोरञ्जनका लागी एवम् आफनो परम्परा अनुसार दिदि बहिनीहरु भेला भएर आपसमा दुख सुख साटासाट गर्ने कुरालाई समेटिएको छ । गीतमा तिजको महिमालाई समेटिएको छ ।

रविन लामिछानेको शब्द तथा तिलक ओलीको लय सिर्जना बाट सुसजित गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । दुर्गा पौडेलको छायाँकन , नविन धर्ति मगरको सम्पादन तथा शंकर विसीको निर्देशन भिडियोमा रहेको छ ।

गीतको भिडियोमा शंकर विसी ,अञ्जली अधिकारी,  सिर्जु अधिकारी र कल्याण रत्न कार्कि, बद्री पंगेनी समेतको नृत्य तथा अभिनय रहेको छ , उक्त गीतमा  गायिका सिर्जु अधिकारी र बद्री पंगेनीकै स्वर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्