युक्रेनलाई हतियार दिन ग्रीसलाई अमेरिकाको दबाब



एजेन्सी । अमेरिकाले युद्धग्रस्त देश युक्रेनलाई हतियार दिन ग्रीसलाई दबाब दिएको छ । युक्रेनलाई १३० वटा जति बीएमपी-१ र रुसमा बनेको एन्टी एयरक्राफ्ट क्षेप्यास्त्र प्रणाली दिनका लागि ग्रीसलाई अमेरिकाले दबाब दिएको हो ।

ग्रिसेली पत्रिका एफिमेरिदा टोन सिन्टाक्टोनले दिएको खबरअनुसार, विगत दुई हप्तादेखि अमेरिकाले ग्रीस सरकारलाई दबाब दिइरहेको छ । त्यसको साटो ग्रीसलाई जर्मनीमा बनेको मार्डर १ ए ५ सैन्य वाहन उपलब्ध गराइने आश्वासन अमेरिकाले दिएको छ । ग्रीसले यस विषयमा निर्णय लिइसकेको छैन ।

‘जर्मनीको रामस्टाइन एयरबेसमा गत अप्रिल २६ मा ४० देशका रक्षामन्त्रीहरूको बैठकदेखि अमेरिकाले दबाब दिन थालेको हो । त्यतिखेर ग्रीसले आफूमापथ टर्कीको जोखिम रहेकाले आफ्नो हतियार दिन नमिल्ने भनी टारेको थियो,’ पत्रिका लेख्छ ।

ग्रीसको सुरक्षामा खटिएका टोर–एम१ए एन्टी एयरक्राफ्ट सिस्टमका साथै पुरानो ओसा–एके एन्टी एयरक्राफ्ट सिस्टम दिन मिल्दैन, पत्रिका लेख्छ ।

प्रतिक्रिया दिनुहोस्