देउवाको गृह पालिकामा कांग्रेसको दोब्बर मतले अगाडि, वडा नम्बर ४ मा प्यानल नै विजयी 



डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिकामा काँग्रेसले दोब्बर अग्रता बनाएको छ। मतगणना हुँदा कांग्रेसका उम्मेदवार इन्द्र कार्कीले १३०९ र नेपाली कांग्रेस विपी सुरेन्द्र मालीले ५६७ मत पाएका छन्।

नेकपा एकीकृत समाजवादीका नरबहादुर बिष्टले १७८ मत प्राप्त गरेका छन्। यस्तै, उपाध्यक्षमा कांग्रेसका उमेदवार ज्ञानु सेटीले १२५७ र एमालेका उम्मेदवार इन्द्र महराले  ५८७ मत पाएका छन भने नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर मल्लले ३१२ मत प्राप्त गरेका छन्।

गन्यापधुरा गाउँपालिका वडा नम्बर ४ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । त्यहाँ वडाध्यक्षसहित पाँच जनाले कांग्रेसबाट जित निकालेका हुन् । कांग्रेसका विजयी वडाध्यक्ष ६१४ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्