अपिहिमालको अध्यक्षमा माओवादीका बोहरा विजयी



दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका नेता भगतसिंह ठेकरे बोहरा विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनामा बोहराले दुई हजार ३०४ मत ल्याएर पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धर्मानन्द मन्यालले एक हजार ३८५ मत पाएका हुन् ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी देवकी बोहरा निर्वाचित भएकी छन् । उनले दुई हजार २७ मत पाइन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उर्मिला बोहराले एक हजार ३१३ मत पाइन् ।

यसअघि ०७४ सालमा अपि हिमालको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्