चितवनको खैरहनी र कालिकाका गरी ४ वडामा कांग्रेस विजयी



चितवन । चितवनको कालिका नगरपालिका र खैरहनी नगरपालिकाका गरी चार वडामा कांग्रेस विजयी भएको छ। खैरहनी–१ र २ र कालिका–१ र १० को अध्यक्षमा कांग्रेसका उमेदवार निर्वाचित भएका हुन्। खैरहनी–२ मा कांग्रेसको प्यानल नै विजयी भएको छ।

खैरहनी नगरपालिका–१ को अध्यक्षमा नेपाली कांग्रेसका नवराज भुसाल निर्वाचित भएका छन्। भुसाल एक हजार ९४ मत ल्याएर विजयी भए । उनका निकतम प्रतिस्पर्धी एमालेका बसन्त लामिछानेले ९ सय ३३ मत ल्याए। वडा सदस्यमा कांग्रेसका दिपेन्द्र चौधरीले ९ सय ८२ र एमालेकी अनिता नेपालले ९५०, महिला सदस्यमा एमालेकी बुधरमिया महतोले एक हजार ७९ र दलित महिला सदस्यमा एमालेकै सिर्जना सुनारले एक हजार ४२ मत ल्याएर निर्वाचित भएका छन्।

खैरहनी नगरपालिका–२ मा कांग्रेसको प्यानल नै विजयी भयो। अध्यक्षमा कांग्रेसका रोहिणीप्रसाद उप्रेती ११ सय ६८ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी एमालेका चन्द्रकमल पाण्डेले ५८४ मत मात्रै प्राप्त गरे। खुला सदस्यमा युवराज बोगटी र आशी दराई, महिला सदस्यमा कमला खनाल र दलित महिला सदस्यमा मिना सुनार निर्वाचित भए।

कालिका नगरपालिका–१ को अध्यक्षमा कांग्रेसका सन्तवीर स्याङ्तान ८९६ मत ल्याएर निर्वाचित भए। स्याङ्तानले आफ्नो निकटतम प्रतिस्पर्धी एमालेका बुद्धि बोमजनलाई ५३ मतान्तरले पराजित गरे। बोमजनले ८४३ मत प्राप्त गरे। सदस्यमा एमालेका ओमकार खड्का, जीवन लामा, महिला सदस्यमा एमालेकी सरस्वती खत्री र दलित महिला सदस्यमा एमालेकै लक्ष्मी परियार निर्वाचित भइन्।

कालिका–१० को अध्यक्षमा कांग्रेसका नरजंग प्रजा ४९२ मत ल्याएर निर्वाचित भए। उनका निकटम प्रतिस्पर्धी एमालेका धनवीर प्रजाले ३०१ मत मात्रै प्राप्त गरे। खुला सदस्यमा कांग्रेसका रोमन श्रेष्ठ, माओवादीकी सुमित्रा तमाङ श्रेष्ठ, महिला सदस्यमा माओवादीकी सन्जु तमाङ र दलित महिला सदस्यमा ताराकुमारी विक निर्वाचित भइन्।

प्रतिक्रिया दिनुहोस्