काठमाडौं महानगरको उपप्रमुखमा डंगोलले ल्याईन् समाजवादीकोभन्दा ३ गुना बढी मत



काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ठूलो अन्तरको अग्रता बनाएकी छन्।

निर्वाचन आयोगका अनुसार हालसम्म डंगोलले २ हजार ८ सय ८४ मत प्राप्त गरेकी छन्। यो मत उनको निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार रामेश्वर श्रेष्ठले ल्याएकोेभन्दा ३ गुनाभन्दा बढी हो।

एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले ८ सय २३ मत प्राप्त गरेका छन्। ५ दलीय गठबन्धनको तर्फबाट श्रेष्ठले उम्मेदवारी दिएका थिए।

यस्तै, काठमाडौं महानगरको उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिनिता मगैयाले ६ सय ७० मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्