कांग्रेसका रोकाया बने बाजुराको स्वामीकार्तिकका अध्यक्ष



बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर रोकाया अध्यक्षमा विजयी भएका छन् । रोकायाले एमालेका चतुर्भूज शाहीलाई पराजित गरेका हुन् ।

रोकायाले दुई हजार ११ मत प्राप्त गरेका छन् भने एमालेका शाहीले एक हजार ७५७ मत पाए । गठबन्धनका उम्मेदवार नेकपा एसका चिरन्जीवी शाही भने तेस्रो भए । शाहीले एक हजार २८२ मत मात्र पाए । उपाध्यक्षमा कांग्रेसकी मैना जोशीले एक हजार ८१० मत पाएर विजयी भएकी छिन् । उनले एक हजार ६३७ मत ल्याएर एमाले उम्मेदवार सुलोचना कुमारी भण्डारीलाई पराजित गरेकी हुन् । गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार माओवादी केन्द्रका सुरेशबहादुर रोकाया तेस्रो भए । उनले एक हजार २१३ मत मात्र पाएका छन् ।

अहिले निर्वाचित अध्यक्ष रोकाया र उपाध्यक्ष जोशी यस अघिको स्थानीय निर्वाचन ०७४ मा सोही पदमा एमालेका उम्मेदवारसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्