जिउँदो सहिद श्रेष्ठको देउरालीमा सानदार जीत



रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामेछाप नगर समितिको सचिव तथा जिउँदो सहित नीर बहादुर श्रेष्ठले रामेछाप नगरपालिका वडा नम्बर २ देउरालीको अध्यक्षमा सानदार विजयी भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा वडाध्यक्ष जीतेका अध्यक्ष श्रेष्ठले दोस्रो कार्यकालको लागि पनि सानदार जीत हासिल गरेका छन् ।

उनले आफ्नो प्रतिवद्वन्दी कांग्रेस शुसिलहरी बख्रेलाई २ सय ३२ को फराकिलो मतान्तरमा पराजित गर्दै विजय हात परेका छन् । २०७४ को निर्वाचनमा कांग्रेसबाट बख्रेल वडा सदस्य निर्वाचित भएका थिए । तर, अहिले भने देउरालीमा श्रेष्ठको प्यानल नै विजयी भएको छ ।

उनी सँगै वडा सदस्यहरु अर्जुन पौडेल, केशव बस्नेत, विन्दा सार्की, अनिता काफ्ले निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्