
धनगढी । कैलालीको चुरे गाउँपालिका अध्यक्षमा एमालेका चक्र बहादुर बोगटी विजयी हुँदा उपाध्यक्ष कांग्रेसका धना थापा निर्वाचित भएका छन् । वडातर्फ १ वडा मात्रै कांग्रेसले जितेको छ। अन्य वडामा भने एमालेले जितेको छ।
चुरे १ मा कांग्रेसका डम्बर बहादुर सिंह विजयी हुँदा वडा नम्बर २ मा एमालेका केशव साउद, ३ मा एमालेका ठक्कर राना, ४ मा एमालेका चक्र बहादुर लामिछाने मगर, ५ मा एमालेका वीर बहादुर धामी र ६ मा एमालेका प्रेम बहादुर साउद विजयी भएका छन् ।