सर्लाहीको हरिपुर नगरपालिकामा पनि कांग्रेसका पजियार विजयी



सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा पनि नेपाली कांग्रेसको विजयी भएको छ । नेपाली कांग्रेसबाट नगर प्रमुखका उम्मेदवार गोपाल पजियारले ६,९८० मत प्राप्त गरी बिजय हुनुभएको हो। उहाको निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादीका उम्मेदवार सुनिल कुमार बुधाथोकीले ३,८८७ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा पनि नेपाली कांग्रेसका उम्मेदवार निलम रायले ५,५५२ मत प्राप्त गरेर विजयी हुनुभएको छ। निकटतम् प्रतिद्वन्द्वी एकिकृत समाजवादीका उम्म्ेदवार शिला कार्कीले ४,०७६ मत प्राप्त गरेका छन् । नौ वटा वडा रहेको हरपिुर नगरपालकिामा वडा नम्बर १ र ३ मा माओवादी, २ र ४ मा एमाले ५,६ र ७ मा काँग्रेस र ८,९ मा एकीकृत समाजवादीले वडामा विजय हासिल गरेका छन् ।

यसैक्रममा सर्लाहीको धनकौल गाउँपालिकामा अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार रामआश्रय साह र उपाध्यक्ष पदमा अकली सहनी दोश्रो कार्यकालको लागि विजयी भएका छन् । यो सँगै सर्लाहीको २० पालिका हरु मध्ये दुई पालिकाको मतपरिणाम अनुसारले नेपाली कांग्रेसले दुई पालिकामा जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्