सुत्केरीको मृत्युपछि नुवाकोट महादेवफाँटमा प्रदर्शन



नुवाकोट : त्रिशूली जिल्ला अस्पतालको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै नुवाकोट बेल्कोगढीमा आफन्तले प्रदर्शन गरेका छन् । 

तारकेश्वर गाउँपालिाका ५ नुवाकोटकी  ३५ वर्षीया गोमा वस्तीको चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले शुक्रबार बिहान बेल्कोटगढी नगरपालिका–७ महादेवफाँटमा प्रदर्शन गरेका हुन् । 

दोषी चिकित्सकमाथि कारवाही हुनुपर्ने मुख्य माग उनीहरुको छ । प्रदर्शनका कारण अहिले गल्छी–देवीघाट–त्रिशूली सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

त्रिशूली अस्पताल भर्ना भएकी वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएकी थिइन् । तर, बच्चा जन्माएपछि उनको अत्यधिक रक्तश्राव भयो । 

रक्तश्रावपछि उनलाई अस्पतालले रेफर गरिदिएको थियो । तर हेलिकोप्टरबाट शिक्षण अस्पताल नपुर्याउँदै बाटोमै उनको मृत्यु भएको थियो ।

वस्तीको अत्यधिक रक्तश्रावका कारण बिहीबार मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राईले बताए । 

 

प्रतिक्रिया दिनुहोस्