बालेनको अग्रता कायमै, स्थापित भन्दा ३ हजार बढी मतले अगाडि



काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । निर्वाचन आयोगका अनुसार सोमबार अपरान्ह ५ बजेसम्मको जानकारीअनुसार एमालेका केशव स्थापितको भन्दा ३ हजार बढी मत ल्याएर साहले अग्रता कायम राखेका छन् ।

बालेनलाई स्थापितलाई पछि पार्दै साहले अग्रता लिएका छन् । गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतगणना ३१ वैशाखमा सुरु भएदेखि नै साहले अग्रता कायम राखेका छन् ।

राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ । अपरान्ह ५ बजेसम्मको अपडेट अनुसार साहले ७ हजार ५३४, स्थापितले तीन हजार ९८२, कांग्रेसकी सिर्जना सिंहले ३ हजार ४८६ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्