रामारोशनमा कांग्रेसका साउद विजयी



अछाम । अछामको रामारोशन गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। नेकपा माओवादी केन्द्रले आधार क्षेत्र दाबी गर्दै आए पनि यसपटक रामारोशनमा कांग्रेसका मानबहादुर साउद ३१ सय २७ मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पहल साउदले २८ सय ९७ मत प्राप्त गरेका छन्। गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका सिर्जनादेवी बुढा निर्वाचित भएकी छिन्हु। बुढा ३ हजार २८ मत ल्याई निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वसन्ती धामी साउदले २७ सय २८ मत प्राप्त गरेकी छिन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा रामारोशन गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष माओवादी केन्द्रले जितेको थियो। माओवादी सशस्त्र द्वन्द्वबाट रामारोशन क्षेत्र निकै नै बढी प्रभावित बनेको थियो।

प्रतिक्रिया दिनुहोस्