मेलौलीको मेयरमा माओवादीका भूकम्प र उपमेयरमा कांग्रेसका विष्ट विजयी



बैतडी । बैतडीको मेलौली नगरपालिकामा नेकपा(माओवादी केन्द्र)का भीमबहादुर चन्द (भूकम्प) ३ हजार ९६ मतसहित विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका जगदीश सिंह नायकले २ हजार ३७६ मत ल्याएका छन्।

उपमेयरमा नेपाली कांग्रेसका पार्वती बोहरा विष्टले २ हजार ९ सय २७ मत ल्याएर विजयी हुँदा एमालेका हेमन्ती नायकले २ हजार ४ सय ८ मत ल्याएका छन् ।

वडाहरुमा भने मेलौली १ मा एमालेका सरद सिंह नेगी, २ मा काग्रेसमा कृष्णदत्त भट्ट, ३ मा कांग्रेसकै गगन भाट, ४ मा माओवादी हर्कबहादुर चन्द, ५ मा काग्रेसका भरत पुजारा, ६ मा ओवादीका तारा दत्त भट्ट, ७ मा माओवादीकै रामचन्द्र भट्ट, ८ मा एमालेका तपेन्द्र विष्ट र ९ मा कांग्रेसका लोकराज भट्ट विजय भएका छन् ।

प्रतिक्रिया दिनुहोस्