नेपाल आउँदा राजनीतिक भ्रमणभन्दा पनि आध्यत्मिक भ्रमणको अनुभूति हुन्छः मोदी



भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारतबीचको साझा प्रेम नै यहाँको पुँजी भएको बताएका छन्। २५६६औँ बुद्धजयन्तीको मुल समारोहलाई लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले २ देशबीचको साझा प्रेम नै मुख्य पुँजी भएको बताए। यो पुँजी जति समृद्ध हुन्छ त्यति भगवान गौतम बुद्धको सन्देश फैलाउन सकिने बताए।

नेपालीमा शुभकामना दिँदै प्रधानमन्त्री मोदीले पहिला पनि वैशाख पूर्णिमामा निमन्त्रणा पाउँने गरे पनि आज मात्रै आउन सकेको बताए। मायादेवी मन्दिरको दर्शन अविश्मरणीय रहेको र यो पवित्र ठाउँ जहाँ भगवान बुद्धले जन्म लिए यहाँको उर्जा र चेतनाको अनुभूति फरक पाएको उनले बताए।

सन् २०१४ मा बोधी वृक्षको बिरुवा पठाएका मोदीले अहिले विकसित भएर वृक्ष बनेको छ। उनले नेपाल रामविना पनि अधुरो हुने बताउँदै भारतमा बन्दै गरेको राम मन्दिरका कारणा नेपाली हर्षित भएको विश्वास व्यक्त गरे।

नेपाल आउँदा राजनीतिक भ्रमणभन्दा पनि आध्यत्मिक भ्रमणको अनुभूति हुने बताउँदै उनले नेपाल विश्वकै सबैभन्दा उच्च पर्वत सगरमाथा मात्रैको देश नभई, पवित्र तिर्थ र मन्दिर, प्राचिन सभ्यता, मठमन्दिर सम्हालेर राख्ने देश पनि भएको बताए।

नेपालमा जन्मेकी सीता र भगवान गौतमबुद्ध भारतसँग प्रत्यक्ष सम्बन्ध रहेको बताए। भगवान बुद्ध लुम्बिनीमा सिद्धार्थको रुपमा जन्मेका र बुद्ध जयन्तीको दिन भारतको बोधगयामा ज्ञान प्राप्त गरेकोले नेपाल भारत दुवै ठाउँमा सम्बन्ध बनाएको उनले बताए। नेपाल–भारतको सम्बन्ध हिमाल जस्तै अटल र हिमाल जस्तै पुरानो छ रहेको उनको भनाइ छ। उनले भने, ‘बुद्ध बोध र सोध हो, बुद्ध विचार पनि हो र बुद्ध संसकार पनि हो। बुद्ध विशेष हुनुको कारण उपदेश मात्रै दिनु होइन् उनले मनावताको अनुभूति, चरम सेवा सुविधा त्याग्ने साहस हो।’

प्राप्तिभन्दा पनि धेरै महत्व त्यागको हुने उनको भनाइ छ। त्यागबाट नै प्राप्ति पूर्ण हुने भएकोले बुद्ध विचार र सभ्यता बनेको हो। उनले भने, ‘वैशाख पूर्णिका दिन लुम्बिनीमा बुद्धको जन्म भयो, सेही दिन बोधगयामा ज्ञान प्राप्त भयो र यही दिन कुशीनगरमा महापरिनिर्वाण भयो।

प्रतिक्रिया दिनुहोस्