देवघाटको अध्यक्षमा थापा र उपाध्यक्षमा गुरुङ विजयी



तनहुँ । तनहुँको देवघाट गाउँपालिकाको अध्यक्षमा तिलबहादुर थापा विजयी भएका छन्। सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका थापा ८ सय २० मतान्तरको साथमा विजयी भएका हुन्। योसँगै तनहुँको स्थानीय तह प्रमुखमा नेपाली कांग्रेसले खाता खोलेको छ।

थापाले ४ हजार ३ सय ६ मत प्राप्त गर्दा नेकपा एमालेका अध्यक्षका उम्मेदवार दुर्गबहादुर थापाले ३ हजार ४ सय ८३ मत पाएका छन्। थापा अघिल्लो निर्वाचनमा विजयी भएर गाउँपालिका अध्यक्ष बनेका थिए। दोस्रो कार्यकाल दोहोरिन उनको चाहनामा सत्ता गठबन्धन बाधक बनेको छ।

उपाध्यक्षमा माओवादी केन्द्रका भुवनसिंह गुरुङ निर्वाचित भएका छन्। अघिल्लो पटक माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका गुरुङ भारी तेस्रो स्थानमा थिए। कांग्रेससँग गठबन्धन गर्दै उपाध्यक्षमा उम्मेदवारी दिएका गुरुङ यसपाली भने विजयी भएका छन्।

२ सय ५४ मतान्तरले गुरुङले एमालेकी सावित्री न्यौपानेलाई पराजित गरे। गुरुङले ३ हजार ७ सय २१ मत पाए भने न्यौपानेले ३ हजार ४ सय ६७ मत पाइन्। न्यौपाने अघिल्लो पटक नेपाली कांग्रेसकी विमला थापासँग एक मतान्तरले पराजित भएकी थिइन्।

देवघाट गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका मनिराज गुरुङ ८ सय ९८ मत प्राप्त गरी निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मुक्तिलाल थापा मगरले ६ सय ३४ मत ल्याए।

वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेस मीनबहादुर राना ८ सय ५८ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी नेकपा एमालेका हिराबहादुर थापा मगरले ६ सय ७५ मत प्राप्त गरे।

वडा नम्बर ३ मा नेपाली कांग्रेसका टेकबहादुर आलेले ५०४ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नवराज गुरुङले ३ सय ५२ मत ल्याएका थिए।

वडा नम्बर ४ मा नेकपा एमालेका मित्रलाल गुरुङ ४ सय १२ मत प्राप्त गरी विजयी भएका छन्। प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमबहादुर गुरुङले ३ सय ६७ मत प्राप्त गरे।

वडा नम्बर ५ मा नेपाली कांग्रेसका पूर्णबहादुर कुँवर १ हजार ८ सय ६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिवराज पौडेलले १ हजार २ सय १४ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्