लिखु तामाकोसी-७ तिल्पुङमा दर्लामीको सानदार जीत(मत परिणामसहित)



रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का युवा नेता कैलाश दर्लामी मगरले दोब्बर मतान्तरमा वडाध्यक्षमा विजय हासिल गरेको छ । लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ७ तिल्पुङमा उनले आफ्नो निकतम प्रतिध्वन्द्वी एमालेका उम्मेदवार इन्द्रबहादुर बुढाथोकीलाई दोब्बर मतान्तरमा पराजय गराएका हुन् ।

९ सय ४२ मत ल्याएर दर्लामी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी बुढाथोकीले ४ सय ९१ मात्र ल्याएका थिए । दर्लामीेसँगै उनको वडाको सम्पूर्ण प्यानल नै विजय भएका छन् ।

विजय हुने वडा सदस्यहरु विक्रम तामाङ, सरोज कुमार आलेमगर, कल्पना पाण्डे र डम्बर कुमारी रसाइली विजयी भएका छन् । केन्द्रीय राजनीतिमा राम्रो प्रभाव राख्न सक्ने क्षमता भएको दर्लामी तिल्पुङको जनताको लागि आशाको केन्द्र हुन् ।

 

प्रतिक्रिया दिनुहोस्