भरतपुरमा पुन : रेनुले बढाइन् मतान्तर



काठमाडौं । भरतपुर महानगरपालिकामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन्। २१ हजार ७ सय ५४ मत गणना हुँदा रेनुले ३ सय ५५ मतको अग्रता लिएकी हुन्।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले ७ हजार ३  सय छ ५१ प्राप्त गर्दा नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले ७ हजार २८ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मदवार जगन्‍नाथ पौडेलले ३ हजार ५ सय ९४ मत प्राप्त गरेका छन्।

उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ८ हजार ९ सय ८९ मत प्राप्त गरेका छन्। उनलाई राप्रपा उम्मेदवार हिमला गुरुङले ५ हजार ८ सय ४० मतका साथ पछ्याइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्