लमजुङको राइनास नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी



लमजुङ । लमजुङको राइनास नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा माओवादीले जितेको छ। राइनसमा नेकपा एमालेलाई पराजित गदै गठबन्धनका उम्मेदवार विजयी भएका हुन्। राइनासमा गठबन्धनका कांग्रेसबाट नगरप्रमुखमा खड्कबहादुर गुरुङ र माओवादी केन्द्रका पुष्पराज खनाल विजयी भएका छन्।

गुरुङले ५ हजार ८ सय २६ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सिंहबहादुर थापाले ४ हजार २ सय ४४ मत प्राप्त गरेका छन्। यसैगरी, नगरपालिकाको उपमेयरमा गठबन्धनको माओवादी केन्द्रबाट पुष्पराज खनाल विजयी भएका छन्।

उनले ५ हजार ८ सय ८६ मत प्राप्त गरेका छन्। एमालेबाट उम्मेदवार बनेकी उनको निकटतम प्रतिद्वन्द्वी शोभा पन्थीले ३ हजार २ सय ३४ मत प्राप्त गरी उपाध्यक्षमा पराजित भइन्। राइनास नगरपालिकामा ०७४ को स्थानीय तहमा एमालेले प्रमुख र कांग्रेसले उपप्रमुख जितेको थियो।

राइनास नगरपालिकाको १० वटा वडामध्ये वडा नम्बर २, ४, ६, ९ र १० मा नेपाली कांग्रेसले जितेको छ। यस्तै वडा नम्बर १, ५, ७ मा माओवादी केन्द्र, ३ मा स्वतन्त्र र ८ मा एमालेले जितेको थियो।

प्रतिक्रिया दिनुहोस्