खेलाडी प्रशिक्षक छानबिन समितिले एन्फालाई प्रतिवेदन बुझायो



काठमाडौं । खेलाडी प्रशिक्षकबीचको विवादपछि गठन भएको ३ सदस्यीय समितिले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई प्रतिवेदन बुझाएको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा भिक्टोर राणाको संयोजकत्वमा रहेको समितिले एन्फा महासविच इन्द्रमान तुलाधरलाई २८ पृष्ट लामो प्रतिवेदन बुझाएको हो।

यस अघि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारका कारण १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए। यसपछि घटना सतहमा आएको थियो। खेलाडीको समस्या लिएर प्रशिक्षक समक्ष पुगेका रोहित चन्दलाई होटल निस्कन दबाब दिएपछि अन्य खेलाडीले समेत होटेल छाडेका थिए।

यसपछि खेलाडी र प्रशिक्षक दुवैले एन्फालाई एकअर्कालाई आरोप लगाउँदै पत्र बुझाएका थिए। यसपछि एन्फाको कार्यसमिति बैठकले ३ सदस्यीय छानबिनन समिति गठन गरेको हो। समितिले एन्फालाई सात दिनभित्र प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेको छ।

छानबिन समितिमा पूर्व जर्नेल राणाको संयोजकत्वमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा र पूर्व फुटबलर विदुर विष्ट सदस्य थिए।

प्रतिक्रिया दिनुहोस्