लोकप्रिय मतका साथ बालेनको अग्रता कायमै, पछि परे स्थापित



काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्रबाट मेयर उम्मेदवार बालेन साहको मत २५ हजार ४२७ नाघेको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ हजार ४९९ मत पाएका छन् ।

यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १२ हजार ८४२ मत ल्याएकी छन्। बालेन एमालेका स्थापितभन्दा ११ हजार ९ सय २९ मत अन्तरले अगाडि छन् ।

उपप्रमुखमा एमालेकी उम्मेदवार सुनिता डंगोल लोकप्रिय मतका साथ पहिलो स्थानमा छिन् । १९९५६ मतसहित डंगोल अग्र स्थानमा छिन् । उनलाई एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मतका साथ पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्