कञ्चनपुरमा जिपकाे ठक्करबाट दुई जनाकाे मृत्यु



कञ्चनपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको दैजी–झलारी खण्डको अर्जुनी क्षेत्रमा शुक्रबार राति जिपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको से१च ४४८ नम्बरको जिपले विपरीत दिशातर्फ आइरहेको म२प ६८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बेदकोट नगरपालिका–५ का ३५ वर्षीय गणेशबहादुर बम र १८ वर्षीय भुतेशबहादुर बमको मृत्यु भएको हो ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका बमद्वयको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ। जिप र चालक इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्