थप ६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

२ हजार २ सय २६ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । यससँगै देशभर सक्रिय संक्रमितको संख्या १४१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्