सलमान खानकी प्रेमीकाबारे खुल्यो यस्तो गोप्य रहस्य



एजेन्सी : सलमान खानको प्रेमका विषयमा मिडियामा सवैभन्दा बढी चर्चा चल्छ। हालै पनि उनको प्रेमका विषयमा एउटा समाचार भारतीय मिडियाहरुमा गसिप बनेको छ। सलमानले आफ्नी प्रेमिका लुलिया वन्तुरलाई उनको जन्मदिनको अवसरमा ‘डायमन्ड रिङ’ उपहार दिएको विषयले चर्चा पाएको हो।

गत जुलाइ २४ मा मनाइएको उनको जन्मदिनको अवसरमा सलमानलाई गहना उपहार दिन उनकै आमाले सुझाव दिएकी थिइन्। ३९ वर्षीया गायिका लुलिया रोमानियाकी नागरिक हुन्।

भारतीय मिडियाका अनुसार सलमान पछिल्लो केही वर्षयता लुलियासँग प्रेममा छन्। रोमानियन ‘टेलिभिजन शो’को होस्ट रहेकी लुलियाले केही वर्षयता बलिउडमा पनि काम गर्दैआएकी छन्। ‘रेस ३’ लगायत फिल्ममा उनले गीत गाइसकेकी छन्।

प्रतिक्रिया दिनुहोस्