सशस्त्र प्रहरीका डीआईजी गौतम एआईजीमा बढुवा सिफारिस



काठमाडौं । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक चन्द्र प्रकाश गौतमलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ । जेठ ९ मा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको बढुवा समितिको सचिवालयले जनाएको छ ।

सशस्त्र प्रहरी बलमा २ जना एआईजी दरबन्दी छ। त्यसमध्ये एक दरबन्दी रिक्त छ । उक्त रिक्त दरबन्दीमा गौतमलाई सिफारिस गरिएको हो। उनी नेपाली सेनाबाट सशस्त्रमा प्रवेश गरेका अधिकारीहरूमध्ये एक्ला बहालवाला अधिकारी हुन्, बाँकी सबै रिटायर्ड भइसकेका छन् ।

यसअघि २१ वैशाखमा गृहमन्त्रालयले डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्