फिल्मको त्यो बलात्कारको दृश्य जसको सुटिङ गर्दा रोएको थियो पूरा युनिट



काठमाडाैं : डाकुबाट सांसद बनेकी भारतकी राजनीतिज्ञ फूलन देवीको मृत्यु जुलाई २५ तारिख २००१ मा भएको थियो। उनको पुण्यतिथीका अवसरमा उनको जीवनको पानालाई पुनः पल्टाइयो। एउटा पीढि यस्तो पनि छ जसले फूलन देवीलाई उनीमाथि बनेको फिल्म ब्यान्डिड क्विनका कारण चिनिन्छ। फूलन देवीको जीवनको संघर्षलाई ब्यान्डिड क्विन फिल्ममा अभिनेत्री सीमा विश्वासले पर्दामा उतारेकी थिइन्।

विवादमा थियो बलात्कारको दृश्य :- कमैलाई थाहा होला कि यो फिल्मलाई पर्दामा उतार्नमा निर्देशक शेखर कपुर र पूरा युनिटले कस्तो चुनौतीको सामना गर्नुपरेको थियो। फिल्ममा बोल्ड सीन र गाली गलौजबाहेक फिल्मको त्यो बलात्कारको सीन निकै क्रुर थियो। तर फिल्मका निर्देशक शेखर कपुरले मानिसहरुको समवेदनाहीनतालाई देखाउनका लागि त्यो सीन निकै चर्चित भएको बताएका थिए। यो दृश्यका कारण यो फिल्म निकै विवादमा पनि रहेको थियो।

सीमा विश्वासले गरेकी थिइनन् बलात्कारको त्यो दृश्य :- बलात्कारको उक्त दृश्य सीमाले गरेकी थिइनन्। यसका लागि सीमाको साटो उनको बडी डबल प्रयोेग गरिएको थियो। सिमाले भनिन्, ‘यसको सुटिङका बेला निर्देशक र क्यामराम्यानबाहेक कसैलाई पनि भित्र जाने अनुमती थिएन। तर यो सीनमा यति क्रुरता थियो कि यसको सुटिङ पछि पुरा युनिट रोएको उनले जानकारी दिइन्।

परिवारलाई छुट्टै देखाइएको थियो यो फिल्म :- सिमाका अनुसार यो फिल्मबारे उनको परिवारलाई राम्रोसँग थाहा थियो। फिल्म रिलिज भएको दुई वर्ष अघि सेन्सर नगरिएको  फिल्म उनको घरमा देखाइएको थियो।

फिल्म हेरेपछि सीमाको पिताको थियो यस्तो प्रतिक्रिया :- सिमाका पिताले यो फिल्म हेरेर फूलन देवीको भूमिका सिमाले मात्र गर्न सक्ने बताएका थिए। पिताले यस्तो भनेको सुनेर सिमाले आनन्दको सास फेरेकी थिइन्।

स्मरण रहोस्, फूलन देवीको जन्म एक निम्न जाति परिवारमा उत्तर प्रदेशको एक सानो गाउँ गोरहा पूर्वामा भएको थियो। फूलनको विवाह एघार वर्षको उमेरमा भएको थियो तर उनको पति र पतिको परिवारले उसलाई त्यागेको थियो। धेरै किसिमका प्रताडना र कष्ट झेलेपछि फूलन डकैती पेशामा लागेकी थिइन्। विस्तारै विस्तारै फूलनले आफ्नो डाकूको एक गिरोह खडा गरिन् र आफू त्यसको नाइके बनिन्।

प्रतिक्रिया दिनुहोस्