बालेनले कटाए ५१ हजार मत, सिर्जना र केशवलाई कति ?



काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ ले ५० हजारभन्दा बढी मत प्राप्त गरेका छन् । निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार उनले ५१ हजार ६४९ मत प्राप्त गरिसकेका छन् ।

उनलाई पछ्याईरहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३२ हजार २२४ मत प्राप्त गरेकी छन् । सिर्जनाले भन्दा बालेनले १९ हजार ४२५ बढी मत प्राप्त गरेका छन् ।

काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितले हालसम्म ३१ हजार ८८२ मत प्राप्त गरेका छन् । काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार ५५ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्