आज तक लेख्छ- ‘महानायक हमाल नेपालका अमिताभ बच्चन’



भारतको लोकप्रिय टेलिभिजन च्यानल मध्यको एक च्यानल 'आज तक' को अनलाई संस्करणले नेपाली चलचित्रका महानायक राजेश हमालको तुलना बलिउडका सफल नायक अमिताभ बच्चनसंग गरेको छ ।     

ये हैं नेपाली सिनेमा के 'अमिताभ बच्चन', 22 साल छोटी मॉडल से की थी शादी

‘आज तक’को अनलाइन संकरणमा लेखिएको छ-'नेपाली चलचित्रमा अमिताभ बच्चनको रुपमा चिनिने नायक राजेश हमाल भारतीय दर्शकका लागि नौलो हुन सक्छन् । तर, उनको लोकप्रियता नेपालमा भने निकै छ, जसलेगर्दा उनलाई ‘महानायक’को उपाधि समेत दिइएको छ । ५५ बर्षका राजेशको पहिचान नेपालमा भारतमा अमिताभ बच्चन र साहरुख खानको जस्तै छ ।'

Related image

आज तकले नायक हमालको वैवाहिक जीवन र पारिवारिक जीवनलाई समेत उल्लेख गरेको छ । सन् १९८८ मा रिलिज भएको हमालको पहिलो चलचित्र ‘यूगदेखी यूगसम्म’ बाट नै राजेशले गहिरो छाप छोडेको भन्दै ‘राजेशको अभिनय र अध्ययनको यात्रासम्मबारेमा लेखेको छ । 

आज तकमा लेखिएको छ- 'नेपालमा अभिनयलाई खासै राम्रो पेशाको रुपमा नहेरिएको अवस्थामा राजेशले चलचित्र क्षेत्रमा पाइला राखेका थिए ।'

Related image

चलचित्र क्षेत्रमा आउनका लागि हमालले पारिवारिक विरोध समेत झेलेको आजतकले उल्लेख गरेको छ । हाल राजेश हमालले चर्चित रियालिटी शो ‘को बन्छ करोडपति’ समेत संचालन गरेको उल्लेख गर्दै आजतकले उनले आफू भन्दा २२ बर्ष कान्छी मधु भट्टराइसँग बिहे गरेको लेखेको छ । राजेश र मधुको उमेरमा धेरैको अन्तर रहेपनि उनीहरुको वैवाहिक जीवन निकै सुन्दर रहेको र अन्य जोडिका लागि उदाहरणीयसमेत रहेको उल्लेख गरेको छ । 

Image result for महानायक हमाल

यस्तै हमाललाई आफ्नो कपालसंग निकै नै लगाव रहेकोसम्म आज तकले आफ्नो अनलाइन संस्करणमा लेख्न छुटाएको छैन् । 

प्रतिक्रिया दिनुहोस्