‘भो माया लाउदिन’ को टिजर सार्वजनिक



काठमाडौं : चलचित्र ‘भो माया लाउदिन’ को टिजर सार्वजनिक गरिएको छ । साइराम पिक्चर्सको ब्यानरमा तयार भएको चलचित्र आउँदो दशैंलाई लक्षित गरी प्रदर्शन गर्ने तयारी भइरहेको निर्माण पक्षले जानकारी दिएको छ ।

४७ सेकेन्डको टिजरमा एक्शनलाई फोकस गरिएको छ । निमाणपक्षले चलचित्रमा  नयाँ अनुहारलाई स्थान दिएको छ । म्याक्टेन कालुले निर्देशन गरेको चलचित्रको ट्रेलर छिट्टै  सार्वजनिक गर्ने बताइएको छ ।

नावलपुर र चितवनमा छायांकन गरिएको ‘भो माया लाउदिन’मा ब्रिजन बिजार, प्रमिला बिसी, नवराज अधिकारी लगायतको अभिनय रहेको छ ।

मोफसलमा हाँस्य ब्यंग्य क्षेत्रमा उदाउँदै गरेका कलाकार नवराजलाई यो चलचित्रमा अलि फर किसीमले देखाइएको छ ।चलचित्रमा समावेश गीतमा अर्जुन पोखरेलको संगीत र अन्जु पन्तको स्वर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्