काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा



काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो परिणाम अनुसार महानगरमा स्वतन्त्रतर्फ उम्मेदवारी दिएका बालेन साहले ६१ हजार ३९० मत पाएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार १८७ मत पाएकी छन् ।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले ६८ हजार २ सय ९० र एकीकृत समाजवादीका राजेन्द्र श्रेष्ठले २३ हजार ६६१ मत पाएका छन् । अहिले काठमाडौं-१४ को गणना भइरहेको छ ।

प्रमुख निर्वाचन अधिकृतले अब ७ सय मत गणना गर्न वाँकी रहेको जानकारी दिएका छन् । उनले मतगणना सकेर रातिसम्ममा सबै परिणाम घोषणा हुने बताए ।

प्रतिक्रिया दिनुहोस्